मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित, आपतकालीन प्रयोगका लागि बाटो खुला

 पुस १, २०७७ बुधबार ६:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा कोरोना भाइरस विरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ ।

एफडीएका विशेषज्ञका अनुसार अमेरिकामा मोडर्नाको खोप अब प्रयोगका लागि बाटो खुलेको हो । अस्तिदेखि अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउने अभियान सुरु भइसकेको छ । भोलि मोडर्नाको खोपलाई अमेरिकामा आपतकालिन प्रयोगका लागि अनुमति लिन विज्ञको बैठक बस्दैछ ।

अनुमति लिएको २४ घण्टाभित्र खोप वितरण भइसक्ने बिबिसीले उल्लेख गरेको छ । पछिल्लो समय युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको महामारीलाई नियन्त्रण गर्नका लागि एकभन्दा बढी खोपहरु सफल हुन आवश्यक रहेको विज्ञहरुले पनि बताउँदै आएका छन् ।

यसैबीच, युरोपका केही देशहरुमा क्रिसमसको समयमा प्रतिबन्धात्मक नियमहरु लागू गरिएका छन् । जर्मनीमा आजदेखि लकडाउन गरिने भएको छ । आजदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् । बेलायतमा पनि आजदेखि लकडाउन लागू हुने भएको छ भने फ्रान्समा रातको समयमा कर्फ्यू जारी रहने छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया