जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

 साउन ३०, २०७५ बुधबार ९:११:१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – जंगली हात्तीले अाक्रमण गर्दा एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणमा वेलका नगरपालिका–३ खैरेनी टप्पु बस्ने ३५ वर्षीय रामबहादुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक मेघराज अधिकारीका अनुसार  मंगलबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा २÷३ वटा जंगली हात्तीको समूहले सार्कीको घर भत्काएको छ । 

हात्तीले उनको छाति र टाउकोमा टेकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । हात्तीले घर भत्काएपछि हात्तीको डरले भाग्ने क्रममा नै उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव घर भन्दा ५० मिटर पर भेटिएको थियो । घरका अन्य सदस्य भने भागेर ज्यान बचाउन सफल भएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया