प्युठानमा पहिरोले घर पुरिँदा एकजना  बेपत्ता

 साउन ३०, २०७५ बुधबार १०:४९:१२ | एलबी थापा
unn.prixa.net

प्युठान  — अविरल बर्षाको कारण खसेको पहिरोले घर पुरिँदा उत्तरी प्युठानमा एक जना बेपत्ता भएका छन् ।

गौमुखी गाउँपालिका ४ को साविक पुजा गाविस पातालेखर्क जाडागाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ३५ वर्षीय झगे विक बेपत्ता भएका हुन् ।सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसीसमेत बेपत्ता भएको खबर छ । स्थानीयका अनुसार अन्य ७ वटा घरसमेत पहिरोको उच्च जोखिममा छन्।

घटनाको बिस्तृत जानकारी  लिन र उद्धारका लागि बुधवार बिहानै  जिल्ला प्रहरी कार्यालय प्युठानबाट इन्स्पेक्टरसहितको उद्दार टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ गैरेले जानकारी दिनुभयो  । घटनाको क्षतिको विवरण संकलन र उद्धार कार्य भैरहेकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया