तीन दिन भित्रै पासपोर्ट उपलब्ध हुने

 साउन ३०, २०७५ बुधबार १२:४१:४५ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिनुभएको हो ।

अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अबदेखि सामान्य अवस्थामा पनि तीन दिन भित्रमा पासपोर्ट उपलब्ध गराउने तयारी थालिने उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको राहदानी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया