एसेन्सकाे स्क्र्याच एण्ड विन अफर

 साउन ३०, २०७५ बुधबार १२:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – एसेन्स कम्पनीले स्क्र्याच एण्ड विन अफर घोषणा गरेको छ । बुधबारदेखि आउँदो कात्तिक २८ सम्म हुने कार्यक्रमको मुख्य उद्देश्य ब्राण्डकोबारे जनचेतना फैलाउने र प्रोडक्ट बिक्री गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले वर्षकै उत्कृष्ट अफर ल्याएको पनि जनाएको छ।

यो अफरमा आफ्नो उत्पादन किन्नेलाई शतप्रतिशत जित्ने मौका हुने पनि कम्पनीको भनाई छ । एसेन्स जापानको नं. १ त्वचाको हेरविचार गर्ने ब्राण्ड हो जसले पिम्पलको समाधान, अशुद्धता र मृत छाला हटाउनको साथै छालाको प्राकृतिक नमी कायम गर्न मद्धत गर्दछ ।

एसेन्सको अफर अन्तर्गतका पुरस्कारहरु :

बम्पर पुरस्कार : महिन्द्रा गस्टो

मासिक पुरस्कार : रेडमि नोट ५ 

अन्य आकर्षक रोठो ब्राण्डका पुरस्कारहरु

हरेक खरिदमा नगद छुटको अवसर

यो स्किमले नयाँ ग्राहकहरुलाई आकर्षण गर्नुको साथै पुराना नियमित ग्राहकहरुलाई समेट्ने कम्पनीको विश्वास छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया