फुटबल खेलाडीको हौसला बढाउन एन्फाले दिनेभयो हारे पनि पुरस्कार

 साउन ३०, २०७५ बुधबार १३:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाडमा नेपाली टिमले राम्रो प्रदर्शन गरेमा पुरस्कारको घोषणा गरेका छन् ।

एसियाली खेलकुदमा सहभागी नेपाली यु–२३ टिमले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा प्रत्येक खेलाडीलाई संघबाट पुरस्कार दिइनेछ । जसअनुसार जापानसँग ३–० भन्दा कम अन्तरमा हार व्यहोरेमा एक सय अमेरिकी डलर पाउनेछन् । जापानसँग १–० ले पराजित भएको नेपाली टिम त्यसको हकदार बनिसकेको छ ।

यस्तै अर्को खेलमा भियतनामलाई हराएमा थप १५० हलर हात पार्नेछन् भने पाकिस्तानलाई हराएमा थप एक सय डलर पुरस्कृत गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।
नेपाली खेलाडीको हौसला बृद्धि होस भन्ने आशयले यो घोषणा गरिएको अध्त्तयक्ष शेर्पाको भनाइ छ ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • कोमल कुमार राई

    Aug. 15, 2018, 7:22 p.m.

    अखिल नेपाल फुटबल संघ एन्फाको चाहाना नै खेलाडीहरुको सन्तुष्ट हो । जेहोस् राम्रो कामको थालनी गर्नुभएकोमा एन्फालाई धन्यवाद र हौसला र मनोबल उच्च राख्ने सम्मान कार्यहरु गर्नाले नेपाली टोलीले राम्रो भन्दा राम्रो प्रदर्शन गर्दै नेपालको लागि इतिहास कोर्ने छ र यस्तै कार्यले निरन्तरता पाइरह्यो भने नेपाली खेलाडी प्रत्येकले खेलमा निखार्दै लगेर एसिया पावर हाउस जापान जस्ता टिमलाई सहज रुपमा पराजित गर्नेछ शुभकामना ।

  •  0 Reply
  • सरोज पाठक

    Aug. 15, 2018, 2:40 p.m.

    एन्फाले गरेको यो निर्णयले खेलाडीहरुले पैसाको लागि मात्र फुटबल खेलिरहेका छन् भन्ने तर्फ इङ्गित गर्छ,पहिले पुर्वाधार पक्की बनाएर खेलाडी पक्की बनाउन सके न जितको पैसा न हारको पैसा दिनु पर्छ,पुरस्कार ले नै पुग्छ, । अनि उत्प्रेरणा को अर्को अर्थ पैसा हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया