ओली पक्षको केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा, मिति हिजोको

 पुस ७, २०७७ मंगलबार १४:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

११ सय ९९ जना केन्द्रीय कमिटी सदस्यको सूची ओली समूहले आयोगमा बुझाएको प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

ओली समूहले मङ्गलबार मात्रै बालुवाटारमा भेला गरेर केन्द्रीय कमिटीका सदस्य थपको निर्णय गरेको छ । तर निर्वाचन आयोगमा भने सोमबारको मिति राखेर पत्र गएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया