पर्यटन पत्रकार संघ हुम्लाको अध्यक्षमा उज्यालो सहकर्मी ऐडी

 साउन ३०, २०७५ बुधबार १९:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

हु्म्ला – नेपाल पर्यटन पत्रकार संघ हुम्लाको अध्यक्षमा उज्यालो सहकर्मी रमेश ऐडी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पर्यटन पत्रकार संघ हुम्लाको भेलाले सर्वसम्मत रुपमा ऐडीलाई अध्यक्षमा चयन गरेको हो ।

ऐडी नेतृत्वको पर्यटन पत्रकार संघ हुम्लाको नयाँ कार्यसमितिको उपाध्यक्षमा  भक्तराज ऐडी महिला, उपाध्यक्षमा तिलसरा विक, सचिवमा मिम सि नेपाली, कोषाध्यक्षमा दाने बोहोरा रहेका छन् ।

यसैगरी सदस्यहरुमा रेशमराज रोकाया, मिगुर लामा, सहित ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

नवनिर्वाचित अध्यक्ष ऐडीले पर्यटकीय क्षेत्र र सम्भावना बोकेको मानसरोवर कैलाशलाई कर्णालीको पर्यटकीय क्षेत्रमा  सग सगै लैजान पत्रकारहरुको ठूलो भूमिका रहेका कारण पर्यटकीय विकासको टेवा पुर्याउन, पूर्वाधार तयार गर्न कर्णाली पर्यटन वर्ष २०७५ कार्यान्वयन लागि ठूलो भूमिका निर्वाह हुने बताउनुभएको छ  । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोराले पत्रकार समाजको सबैभन्दा ठूलो शक्ति भएकाले मानसरोवर कैलाश  पर्यटकीय स्थलको साथै हुम्ला जिल्ला भित्रका धार्मिक तीर्थस्थलहरुको प्रचार प्रसार गरी विकासमा संघले प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो ।

पर्यटन पत्रकार संघ कर्णाली प्रदेशका सदस्य नरजन तामाङ्गको उपस्थितिमा भेला सम्पन्न भएको हो  ।  


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया