‘निरंकुश केपी ओली एण्ड प्रवृत्ति’ को अन्त्य भयो – माधव नेपाल

 पुस १४, २०७७ मंगलबार १६:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ ।

संसद विघटनविरुद्ध काठमाण्डौमा भएको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश कदमअन्तर्गत संसद विघटन गरेको बताउनुभयो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गर्नु राजनीतिक र संवैधानिक हिसाबले उचित नभएको भन्दै उहाँले असंवैधानिक कदमलाई अस्वीकार गर्न सबैसँग आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधी भएको आरोप लगाउँदै ओलीकाे गणतन्त्रप्रति माया नै नरहेको बताउनुभयो । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध ओलीले एकपछि अर्को कदम चालेको भन्दै अध्यक्ष नेपालले त्यसको विरोधमा आम नागरिक सडकमा आउनुपरेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया