भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको अवस्था अत्यन्तै गम्भीर

 साउन ३०, २०७५ बिहिबार ०:५२:३७ | एजेन्सी
unn.prixa.net

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको छ ।

दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान(एम्स) ले एक विज्ञप्ति जारी गर्दै बाजपेयीको स्वास्थ्य गम्भीर बन्दै गएको जनाएको छ ।

एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम(जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको छ । 

बुधबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेर बाजपेयीको स्वास्थ्यअवस्था बुझेका छन् । ९३ वर्षीय बाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए ।  गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो । 

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका बाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ ।

अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया