लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा सन्दीपले जमाइका विरुद्धको खेलमा दुई विकेट लिएका छन् ।
पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा आठ रन दिँदै दुई विकेट हात पारे । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे ।
यो प्रतियोगितामा सन्दीपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारी सकेका छन् । जारी सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दीपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे ।
जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।