नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा कम

 पुस १८, २०७७ शनिबार १६:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनको संख्या १८ सय ७० पुगेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया