माैसममा अा‌ंशिक बदली, ठूलाे वर्षाकाे सम्भावना छैन

 साउन ३१, २०७५ बिहिबार ८:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशभरको मौसम अहिले आंशिक बदली भएको छ । दिउँसो चर्को घाम लागेपनि बेलुका भने पानीपर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् । 

मौसमविद् गंगा नगरकोटीका अनुसार बेलुका काठमाडौंसहित देशभर हल्कादेखि मध्येमखालको वर्षाको सम्भावना रहेको छ । मनसुनी न्युनचापीय रेखा तलतिर सर्दै गएकाले हिजोदेखि मनसुन केही निष्क्रिय भएको उहाँको भनाइ छ । 

१,२ दिन खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर भोलि र पर्सी भने बिहान र दिउँसो पनि क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै बिहीबार देशका प्रमुख नदीहरुमा पानीको बहाबको दर घट्ने र सतर्कता तह आसपास रहने बाढी पुर्वानुमान शाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया