एसियाली खेलकुद : नेपाली फुटबल टोली आज भियतनामसँग प्रतिस्पर्धा गर्दै

 साउन ३१, २०७५ बिहिबार १२:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - १८औं एसियाली खेलकुद अन्तरगत नेपाली फुटबल टिमले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा एसियाको पावरहाउस जापानसँग १–० को हार व्यहोरेको नेपालले आजको खेलमा विजयी भए नकआउट चरण प्रवेशका सम्भावना बलियो बन्नेछ ।
नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे हुने छ । 

आज नेपाल विरुद्ध जित हात पारेको खण्डमा भियतनाम एक खेल अगावै प्रिक्वार्टर फाइनलमा पुग्नेछ । जित हात पारेको खण्डमा भने नेपालको नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भियतनामलाई बराबरीमा रोकेको अवस्थामा नेपालको उत्कृष्ट समूहको उत्कृष्ट तेस्रो बन्दै प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना रहन्छ । 

समूह डी अन्तर्गत नै पाकिस्तानले पनि जापानको सामना गर्दैछ । आजको खेलमा विजयी भएको खण्डमा जापान पनि एक खेल अगावै नकआउट चरणमा पुग्नेछ ।

जापान विरुद्धको खेलमा नेपालका किपर तथा कप्तान किरण चेम्जाङको उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया