‘अझै पनि पार्टी मिलाउन क्रियाशील छु तर नेताहरू लाजै लाग्ने आरोपमा उत्रिएका छन्’

 पुस २३, २०७७ बिहिबार १४:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । राष्ट्रिय सभामा बोल्दै गौतमले आफूले ७३ वर्षदेखि कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको देख्न चाहेकाले अहिले पनि एकताकै पक्षमा रहेको बताउनुभएको हो । 

‘दुवै पक्षमा गल्ती/कमजोरी देखिरहेको छु, आफू पार्टी एकताका लागि लामो समय प्रयत्न गरेकाले र फेरि एकता गराउन सकिन्छ कि भनेर लागेको छु । एक्लै एकता गराउन सकिन्नँ कि भनेर सङ्गठनात्मक रूपले जाने सोचमा छु’, गौतमले भन्नुभयो । 

पार्टी एकता ब्यूँताउने लक्ष्यमा लागे पनि दुवै पक्षका नेताहरूको क्रियाकलाप हेर्दा लाज लाग्ने गरेको गौतमको भनाइ छ ।   

‘पार्टी एकता जरुरी छ, तर दुई वटा समूहका नेता यसरी उत्रिएका छन् कि समाजवादी संस्कृति बनाउँछौँ भन्नेहरूलाई लाज लाग्छ’, गौतमले भन्नुभयो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया