धादिङमा स्क्रब टाइफसका बिरामी भेटिए

 साउन ३१, २०७५ बिहिबार १३:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङमा स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि गएका बिरामीको रगत जाँचका क्रममा स्क्रब टाइफस रोग फेला परेको अस्पतालले जनाएको छ ।

उच्च ज्वरोको उपचारका लागि आएका बिरामीलाई शंका लागि रगतको परीक्षण गर्दा पाँच जना बिरामीमा यो रोग भेटिएको छ भने अरुमा पनि हुनसक्ने जिल्ला अस्पतालले जनाएको छ ।

नेपालमा केही जिल्लामा केही वर्ष अघिदेखि नै स्क्रब टाइफसको संक्रमण भेटिए पनि धादिङमा पहिलोपटक यो रोगको संक्रमण देखा परेको हो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया