ट्रम्पकाे विज्ञप्ति : सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ

 पुस २३, २०७७ बिहिबार १६:३८:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी संसद् भवनमा आक्रमण र जो बाइडेन तथा कमला ह्यारिसको जितलाई संसदले प्रमाणित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति निकाल्दै अमेरिकामा सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’मा हुने बताएका छन् ।

सत्ता हस्तान्तरण ‘व्यवस्थित रुप’ मा हुने बताए पनि ट्रम्पले चुनावमा धाँधली भएको विषयलाई लिएर कानुनी लडाइँलाई जारी राख्ने बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘म चुनावी नतिजासँग असहमत छु र यसको प्रमाण पनि छ तर पनि २० जनवरीमा व्यवस्थित रुपमा सत्ता हस्तान्तरण हुनेछ ।’

ट्रम्पको यो बयान उनका प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत जारी गरिएको छ, ट्विटरले ट्रम्पको एकाउण्ट ब्लक गरिदिएको छ । 

ट्रम्पले भनेका छन्, ‘म सधैँ वैध मत मात्रै गनियोस् भन्दै आइरहेको छु र यसको सुनिश्चतताका लागि हामी लडाइँ जारी राख्न्छौँ । अमेरिकी राष्ट्रपतिको इतिहासमा यसका साथै सबैभन्दा महान् पहिलो कार्यकालको अन्त्य हुनेछ तर अमेरिकालाई फेरि एक पटक महान् बनाउने हाम्रो लडाइँ एक सुरुवात हो ।’

ट्रम्पको चुनावी टिमले नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई चुनौती दिनका लागि ६० भन्दा धेरै मुद्दा दर्ता गरेको थियो तर ती सबै खारेज गरिएको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया