कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउँदै सरकार

 साउन ३१, २०७५ बिहिबार १३:४२:५९ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउने भएको छ ।

केही समयभित्रै कामदार कतार पठाउने प्रक्रियाका लागि सरकारी स्तरबाटै ‘रोजगारी भिलेज’को व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

रोजगारी भिलेजको स्थापना भएपछि कतारका रोजगारदाताले आफ्नो माग लिएर आउन सक्छन् र कामदारले सोझै रोजगारदातासँग भेट गरी कतारी कम्पनीमा रोजगारीका लागि जान सक्नेछन् । 

श्रम मन्त्री गोकर्ण विष्टले यस विषयमा कतारसँगको छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ । यसरी कमदार पठाउने वातावरण तयार भएपछि कतार जाँदा कमदारले एक रुपैयाँ पनि तिर्न नपर्ने मन्त्री विष्टको भनाई छ । 

रोजगरी भिलेजबाट कामदार लैजाँदा कामदारबाट एक रुपैयाँ पनि लिन नपाइने गरी सम्झौताको योजना बनेको मन्त्रालयले जनाएको छ । तर कतारसँग छलफलकै चरणमा रहेकाले कहिलेदेखि यो व्यवस्था लागू हन्छ भन्ने यकिन भैसकेको छैन ।

कतारसहित खाडीका ६ देश र मलेसिया जाने कामदारका लागि सरकारले फ्रि भिसा र टिकटको प्रावधान लागू गरिएको छ । तर कार्यान्वयन नुहँदा नेपाली कामदार म्यानपावरको माग अनुसार पैसा बुझाउन बाध्य छन् । 

यो वातावरण तयार भएपछि म्यानपावरमार्फत कतार जानु पर्ने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

2 Comments

  • Saroj shah

    Aug. 17, 2018, 11:29 a.m.

    ६ करोड किन चाहियो धरौटी ?

  •  0 Reply
  • बसन्त थापा गुल्मि

    Aug. 17, 2018, 8:01 a.m.

    हामी जस्ता गरिब मान्छे लाई भोकै राखी आफ्नो पेट भर्ने म्यानपावर्लाइ खारेज गरेर आगमि दिन मा आउने पिडिलाइ यो बाताबरण सुचारु रुपमा लागू होस र जति पनि नेपाली ले कतार मा भोक भोकै हिड्नु परेको छ सबैले न्याए पाउ भन्ने मेरो भनाइ छ

  •  0 Reply

तपाईको प्रतिक्रिया