पाल्पा कारागारमा कैदीबन्दीबीच झडप,  दुई कैदीबन्दी घाइते

 साउन ३१, २०७५ बिहिबार १४:४७:२६ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पा कारागारमा कैदी बन्दीहरुबीच झडप भएको छ । 

कारागारका नाइके पक्ष र अन्य समूहबीच बिहीबार बिहान भएको झडपमा कैदीबन्दीहरु  सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइते दुवै जना खतरा मुतm रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नाइके र उनीहरुको समूहले बन्दीहरुलाई अनावश्यक रुपमा दुःख दिएको, पाउने रकम नदिएको लगायतका विषयमा अन्य कैदीबन्दीहरुले आरोप लगाएपछि दुवै समूहबीच झडप भएको प्रहरीले जनाएको छ । 

कैदीबन्दीलाई कुटेर घाइते बनाउने बन्दी नाइके समूहलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । 

 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया