नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार भन्दा कम

 पुस २५, २०७७ शनिबार १६:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कममा झरेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ८१ जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । यस्तै थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९ सय १२ पुगेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया