गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै – नेपालमा साेमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।
साेमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा पाँच सय २७ जना कोरोनामुक्त भएका छन् । याेसँगै नेपालमा अहिलेसम्म दुई लाख ५८ हजार नाै सय ६८ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै काेराेनाकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय २७ पुगेको छ ।