४३० काेराेना सङ्क्रमित थपिए, ३९० जना डिस्चार्ज

 पुस २८, २०७७ मंगलबार १६:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा थप चार सय ३० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार थपिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।  

काेराेना निको हुनेको सङ्ख्या पनि दुई लाख ५९ हजार तीन सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ९० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

त्यस्तै पछिल्लाे २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ सय ३२ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया