ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्दैनौंं : कांग्रेस

 जेठ १६, २०७५ बुधबार १५:५०:१७ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १६ – नेपाली कांग्रेसले अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठकले ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेको भन्दै आपत्ति जनाएको हो । संविधान र कानुन विपरीत ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकी जेल सजाय मिनाहा गरेको थियो । काँग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत समेत नभएको भन्दै आपत्ति जनाएको हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया