राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपति पेन्सको जवाफ

 पुस २९, २०७७ बुधबार ११:१७:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका बेला उपराष्ट्रपतिले ट्रम्पलाई बर्खास्त नगर्ने बताएका हुन् । अब ट्रम्पलाई हटाउन महाअभियोग नै लगाउनुपर्ने छ । गएको बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र विद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ ।

उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने दावी गरेका खबरमा उल्लेख छ । यसैबीच बीबीसीले राष्ट्रपती ट्रम्पकै पार्टी रिपल्बिकनका कतिपय सिनेटरहरु पनि ट्रम्पलाई हटाउने अभियानमा जुट्न थालेका बताएको छ ।

प्रतिनीधि मण्डलमा रहेका वरिष्ठ रिपब्लिकन लिज चेनीले ट्रम्प विरुद्ध मतदान गर्ने घोषणा गरेका र डोमोक्र्याट्को अभियानमा अरु रिपब्लिकनले पनि साथ दिन थालेका बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया