अब शनिबार पनि जिल्ला प्रशासन कार्यालय खुल्ने

 साउन ३१, २०७५ बिहिबार १८:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – भदौ २ गतेदेखि जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवा प्रदान गर्ने भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयले सेवा प्रदान गर्ने छ ।

ब्यस्त नागरिकहरुलाई मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो  ।

उहाँले धेरै कर्मचारी, विद्यार्थीलगायत अन्य बारमा ब्यस्त हुने नागरिकको सेवाका लागि शनिबार पनि सेवा दिन सुरु गरिएको भन्दै यसलाई दुई महिनासम्म परीक्षणका रुपमा लिइने बतानउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • binod karki

    Aug. 16, 2018, 9:41 p.m.

    Too good

  •  0 Reply

तपाईको प्रतिक्रिया