चीनमा हावाहुरी चल्दा जहाज आउन सकेन, 'मितिनी' र 'सोल्टी' काठमाडौंमै

 साउन ३१, २०७५ शुक्रबार ५:३९:६ | रासस
unn.prixa.net

काठमाडौं - चीनबाट कार्गो विमान आउन नसकेपछि सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी एक सिङ्गे गैँडा हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ । 

चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गो विमान बिहीबार नेपाल आउन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको उहाँले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौंं ल्याइएको हो । दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया