कोरोनाका कारण थप ६ जनाको ज्यान गयो, २ सय ४० जनामा सङ्क्रमण पुष्टि

 माघ ३, २०७७ शनिबार १८:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप पाँच जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप पाँच जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ सय ५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अब ४ हजार ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया