‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ हरेक वर्ष वितरण गरिने

 माघ ४, २०७७ आइतबार १९:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष २० हजार रुपैयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले बताउनुभयो ।

दुई लाख राशिको राधा स्मृति अक्षय कोष स्थापना गर्दै फाउण्डेशनले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो । नवलपरासीको कावासोतीमा भएको फाउण्डेशनको कार्यक्रममा अध्यक्ष बस्यालले हरेक वर्ष फागुन ९ अर्थात् दिवङ्गत पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’  वितरण गरिने बताउनुभयो । 

पुरस्कारका लागि हरेक वर्षको माघ ४ गते आवेदन आह्वान गरिने र यस वर्षका लागि आइतबार आह्वान गरिएको फाउण्डेशनले जनाएको छ । १० वर्षदेखि सक्रिय पत्रकारितामा रहनुभएकी बस्याल विवाहपछि घरेलु हिंसाको शिकार हुनुपरेको तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहने बस्याललको सम्झनामा हरेक वर्ष पुरस्कार वितरणको घोषणा गरिएको अध्यक्ष बस्यालको भनाइ छ ।

क्यान्सर रोगबाट पीडित पत्रकार बस्यालकाे २०७७ कात्तिक १४ गते निधन भएको थियो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया