'आत्माकी रानी' उपनामले चिनिने गायिका फ्रान्कलिनको निधन

 भदौ १, २०७५ शुक्रबार ८:११:४८ | रासस
unn.prixa.net

गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ । 

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । 

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया