गगन थापालाई प्रधानमन्त्रीको जवाफ : म महाराजा होइन, राजा फालेर आएको व्यक्ति हूँ

 जेठ १६, २०७५ बुधबार २०:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १६ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा संविधान र कानुनसम्मत ढंगले भएको स्पष्ट पार्नु भएको छ । 

प्रधानमन्त्री ओलीले फौजदारी अभियोग लागेर कारगार चलान भएका ढुंगेललाई अरु कैदी सरह कैद मिनाहा गरिएको पनि उल्लेख गर्नुभयो । 

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नभेटेको तथा उहाँको आचरण सही रहेको सिफारिस कारगार व्यवस्थापन विभागले गरेको स्पष्टीकरण पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले ढुंगेललाई महाराजाको शैलीले कैद मिनाहा गरेको भन्ने कांग्रेस नेता गगन थापाको टिप्पणीप्रति आपत्ति जनाउँदै आफू महाराजा नभई राजालाई फालेर आएको व्यक्ति भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको सेवामा विचलित नभई लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया