हावाहुरीले हिजो रोकिएका ‘मितिनी’ र ‘सोल्टी’ आज चीन जाँदै

 भदौ १, २०७५ शुक्रबार ९:४४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालले उपहार स्वरुप दोस्रो जोडी गैँडा आज चीन पठाउँदैछ । हिजो नै चीन पठाउने तयारी भए पनि चीनको गोञ्जाओ शहरमा हावाहुरी चलेका कारण आज पठाउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो ।

गैँडा हस्तान्तरण कार्यक्रम आज बेलुकीका लागि तय भएको उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको छ । नेपालले पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’ लाई गएको असार २८ गते चीन पठाइसकेको छ । 

चितवनबाट गएको मंगलबार राति मितिनी र सोल्टीलाई काठमाडौँ ल्याइएको थियो । गैँडा   खुमलटारमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा  राखिएको छ ।  ।

उपहार स्वरूप चीनमा पठाउनका लागि  २ वर्ष मुनी उमेरका गैँडालाई गएको वैशाखमै नियन्त्रणमा लिएर बूमामा  राखिएको थियो । यस भन्दा अघि गएको असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भद्र र रुपसी’ नामक एक जोडी गैँडा चीनलाई हस्तान्तरण गर्नुभएको थियो ।

२०७३ सालमा ओली नेतृत्वको सरकारले २ वटा भाले र २ वटा पोथी गैँडा चीनलाई उपहारस्वरुप दिने निर्णय गरेको थियो । सोल्टी र मितिनी चीनको सांघाइ पार्कमा बस्ने छन् । यस अघि चीन पुगेका भद्र र रुपसीलाई गोञ्जाओमा रहेका चेमेलोङ सफारी पार्कमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया