महाधिवेशनबाटै नेविसंघको नेतृत्व हस्तान्तरण गर्ने अध्यक्ष महरको दावी

 भदौ १, २०७५ शुक्रबार १०:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दावी गर्नुभएको छ । पार्टीले तोकेको समयभित्र महाधिवेशनको कार्ययोजना नबुझाए केन्द्रीय कार्यसमिति विगठन हुने चर्चा चल्न थालेका बेला अध्यक्ष महरले आफूले महाधिवेशनबाटै नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्ने दावी गर्नुभएको हो ।

नेविसंघको अधिवेशन नहोस भन्ने चाहनेहरु केही रहेपनि त्यसलाई पूरा हुन नदिने उहाँले बताउनुभयो । आफू असन्तुष्ट पक्षसँग पनि छलफलमा रहेको र सबैलाई समेटेर महाधिवेशन गर्ने र विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो ।

वर्षौँ महाधिवेशन नभएको अवस्थाबाट आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर आएकाले आफूले पनि चुनावबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया