सुनसरी : चतराधामको कुम्भमेलामा १० दिनमा दुई लाख जना सहभागी
बैशाख ८, २०८१ शनिबार
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नयाँ दिल्लीमा भारतका विदेश मन्त्री सुष्मा स्वराजसँग संक्षिप्त भेट गर्नुभएको छ ।
भेटमा मन्त्री प्रदीप ज्ञवालीले वरिष्ठ नेता तथा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनप्रति नेपाली नागिरक र सरकारका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभयो ।
यसैक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पठाइएको समवेदना सन्देश पनि हस्तान्तरण गर्नुभयो ।
मन्त्री ज्ञवालीले दिउँसो बीजेपीको मुख्यालयमा पुगी वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयाे । त्यसपछि उहाँ बीजेपीको मुख्यालयबाट निकालिएकाे अन्तिम यात्रामा सरीक हुनुभएकाे थियाे ।
तीन पटक भारतका प्रधानमन्त्री बनेका अटल बिहारी वाजपेयीको शुक्रबार साँझ भारतीय समयअनुसार चार बजे राजघाटमा रहेकाे महात्मा गान्धीको स्मृतिस्थलनजिकै अन्तिम संस्कार गरिने कार्यक्रम रहेकाे छ ।
बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा वाजपेयीको निधन भएको थियो ।
उहाँको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । दिल्लीसमेत मध्यप्रदेश, बिहार, झारख, पञ्जाबलगायतका राज्यका सरकारी विद्यालय तथा क्याम्पसमा बिदा दिइएको छ ।