१८ हजार नागरिकता जलाइयो

 जेठ १६, २०७५ बुधबार २०:१५:४४ | सन्तोष थापा

पर्वत, जेठ १६ – जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका कार्डहरु जलाएर नष्ट गरिएको छ ।

कार्यालयले बुधबार प्राङ्गणभित्रै १७ हजार ९ सय ५३ नागरिकताका पुराना कार्डहरु नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले कार्डहरु नष्ट गरिएको हो ।

 

गएको वर्षसम्म जिल्लाका दुर्गममा आयोजना गरिने घुम्ती शिविरहरुमा ती हस्तलिखित नागरिकता कार्डहरु प्रयोजनमा ल्याइने भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातहरु समेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुन प्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ साल सम्मका चलानी रजिष्टरहरु समेत नष्ट गरिएको बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया