पञ्चतत्वमा विलीन भए भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी, धर्मपुत्रीले दिइन् दागबत्ती

 भदौ १, २०७५ शुक्रबार १७:३९:७ | एजेन्सी
unn.prixa.net

दिवंगित भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी पञ्चतत्वमा विलीन भएका छन् । उनलाई यमुनाको किनारमा रहेको स्मृतिस्थलमा धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी हुन् ।

दिल्लीमा रहेको भारतीय जनता पार्टीको मुख्यालयबाट निस्किएको शवयात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, मन्त्रीहरु तथा कुटनीतिज्ञहरु सहभागी थिए । 

दिवंगत नेता वाजपेयीलाई श्रदाञ्जली दिन नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुक, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाई, पाकिस्तानका कानुनमन्त्री, बंगलादेशका विदेशमन्त्रीलगायतका कुटनैतिक व्यक्तिहरु दिल्ली पुगेका थिए । 


 

तस्बिर - बीबीसी हिन्दी

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया