चोटका कारण डी ब्रुइन ३ महिना खेल्न नसक्ने

 भदौ २, २०७५ शनिबार ६:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

घुँडाको चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रुइन ३ महिनाका लागि मैदान बाहिर भएका छन् ।

बुधबार क्लवको प्रशिक्षणका क्रममा घुँडामा चोट बोकेका ब्रुइन ३ महिना टिमबाट बाहिर हुने भएपछि सिटीलाई केही दबाब बढेको छ । आइतबार भएको आर्सनल विरुद्धको खेलमा दुई शून्यको जित निकाल्दा दोस्रो हाफमा परिवर्तन भएका ब्रुइनलाई कोल्याट्रल लिगामेन्ट लिजन भएको बताइएको छ । तर उनको शल्यक्रिया नै गर्नु नपर्ने पनि क्लवले जनाएको छ ।

सन् २०१६ मा पनि यस्तो चोटका कारण उनले सिजनमा १२ खेल गुमाएका थिए । गएको वर्ष सिटीले प्रिमियर लिगको उपाधि जित्दा १२ गोल गर्नुका साथै २१ एसिस्ट गरेका थिए ।

तर यो सिजनको सुरुवातमा नै चोट बोकेका ब्रुइन आफैंमाथि पनि फेरि लयमा फर्कन दबाव बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया