भारतले बाटो खन्दा पहिराे झरेपछि दार्चुलामा महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

 माघ २०, २०७७ मंगलबार १९:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

कञ्चनपुर – भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदी थुनिएकाे छ । माल्पामा पहिराे खसेपछि जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ । 

विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकाे छ । पहिराे खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ ।

पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको छ । नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया