विशेषज्ञ सेवा नहुँदा बैतडीका नागरिक भारतका अस्पतालमा उपचार गर्न बाध्य

 भदौ २, २०७५ शनिबार १०:५०:४९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – जिल्ला अस्पाताल बैतडीमा विशेषज्ञ सेवा नहुँदा यहाँका नागरिकले भारतका निजी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको छ । 

सानो–सानो किसिमको अप्रेशनका लागि समेत भारत धाउनुपर्ने बाध्यता रहिआएको दशरथचन्द नगरपालिका –५, का विनोदबहादुर चन्दले बताउनुभयो । जिल्ला अस्पतालमा विशेषज्ञहरुको दरबन्दी नै नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीश बिष्टले बताउनुभयो । दरबन्दीका डाक्टरसमेत जिल्ला अस्पतालमा पूर्ति नभएका उहाँले बताउनुभयो । 

जिल्लामा एक जना नवौं तह र दुईजना आठौं तहका डाक्टरको दरबन्दी रहेको भए पनि अहिले एकजना मात्रै कार्यरत रहेका छन् । एकजना नवौं तह र एकजना आठौं तहको दरबन्दी खाली रहेको डाक्टर बिष्टले बताउनुभयो । स्वास्थ्य सेवा विभागले छात्रवृति करारका डाक्टर पनि दुर्गम अस्पतालमा पठाउन सकेको छैन् । जिल्ला अस्पतालमा अहिले एकजना मात्रै छात्रवृति करारका डाक्टर कार्यरत रहेको डा बिष्टले बताउनुभयो । 

जिल्लामा विशेषज्ञ सेवा नहुँदा आफूहरुले बाध्य भएर भारत रेफर गर्नुपरेको उहाँले बताउनुभयो । चाँडै उपचार गर्नुपर्ने, दुर्घटनाका बिरामीलगायतलाई भारत रेफर गर्नुको विकल्प नरहेको डा.बिष्टले बताउनुभयो ।

रेफरल सेन्टर कैलाली सेती अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरा रहेको भए पनि टाढा भएकाले बिरामीहरु भारत जान रुचाउने गरेका छन् । तर भारतमा महंगो शुल्कमा निजी अस्पतालहरुमा उपचार गर्नुपर्ने बाध्यता रही आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया