इमरान खानले लिए प्रधानमन्त्रीकाे सपथ, सिद्धुले दिए पश्मिनाको सल उपहार

 भदौ २, २०७५ शनिबार ११:३०:५३ | एजेन्सी
unn.prixa.net

पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख ६५ वर्षीय खान शुक्रबार सामान्य बहुमतबाट प्रधानमन्त्री चुनिएका थिए । 

उनलाई पाकिस्तानी राष्ट्रपति ममनून हुसेनले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । 

सपथग्रहण समारोहमा कार्यवाहक प्रधानमन्त्री नसिरुल मुल्क, नेसनल एसेम्ब्लीका सभामुखलगायतका विशिष्ट अतिथिहरुको उपस्थिति थियो । 

साथै भारतबाट पूर्व क्रिकेटर तथा पञ्जाब सरकारका मन्त्री नवजोतसिंह सिद्धु पनि इमरान खानको सपथग्रहणमा सहभागी भएका थिए । उनले इमरानलाई पश्मीनाको शल उपहार दिएका थिए । सिद्धुलाई १५ दिनको भिसा दिइएको छ । 

याे पनि पढ्नुहाेस्

इमरान खानको सपथग्रहणमा आमिर खान, सुनिल गावस्कर, कपिल देव र सिद्धुलाई निम्तो

खेल र राजनीति दुवैमा अब्बल ठहरिएकाहरु

पाकिस्तानी प्रधानमन्त्री बन्ने स्थितिमा पुगेका इमरान खानको क्रिकेट जीवन कस्तो रह्यो त ?

भारतीय मिडियाले मलाई ‘भिलेन’ बनाए, म वार्ता गर्न तयार छु : इमरान खान

 

 

 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया