यू–१५ साफ महिला च्याम्पियनसिप: नेपाल तेस्राे स्थानकाे खेलमा भुटानसँग पराजित

 भदौ २, २०७५ शनिबार १८:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

अण्डर-१५ साफ महिला च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानको प्लेअफमा नेपाल भुटानसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा भएको खेलमा नेपाल घरेलु टिमसँग पेनाल्टीमा ४–३ ले पराजित भयो । पेनाल्टी सुटआउटमा भुटानकी गोलकिपर किन्जाङ् देमाले दुईवटा प्रहार रोकेपछि नेपालले पराजय भोग्नु परेको हो । उनले नेपालकी सविता रानामगर र चन्द्रा भण्डारीको प्रहार रोकेकी थिइन् ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि सोझै पेनाल्टी खेलाइएको थियो । खेलको तेस्रो मिनेटमा भुटानले अग्रता लिएको थियो । देकी याङ्डनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । दोस्रो हाफको सुरुमा नै नेपाल खेलमा फर्कियो ।

चन्द्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । ५५औं मिनेटमा चन्द्राले ब्यक्तिगत दोस्रो खेल गर्दै नेपाललाई अग्रता दिलाइन् । तर ६६औं मिनेटमा नेपाली गोलकिपरको गल्तिको फाइदा उठाउँदै येशी विधाले गोल गरिन् र खेल बराबरीमा पुग्यो ।

पेनाल्टीमा भुटानका लागि सोनम ल्हामो, छिरिङ याङचेन, येसी विधा र छिरिङ ल्हादोनले गोल गरेका थिए भने शेराब पेल्मोको प्रहार नेपाली गोलकिपरले बचाएकी थिइन् । नेपालका लागि सरस्वती हमाल, प्रिति राई र सलोनी रानामगरले मात्र गोल गरे ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया