सगरमाथा आरोहण गर्न सफल रोशा बस्नेत माेरङमा सम्मानित

 भदौ २, २०७५ शनिबार १९:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - सगरमाथा आरोहण गर्न सफल रोशा बस्नेतलाई मोरङको सुन्दरहरैैंचा नगरपालिकाले सम्मान गरेको छ ।

बस्नेतसहित ५ जना पत्रकारले गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । राससमा कार्यरत मोरङको सुन्दरहरैंचा नगरपालिका-१०, विराटचोककी बस्नेतलाई नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रले सम्मान गर्नुभयो ।

‘प्रदेश नं. १ कै गौरव तथा गरिमाको रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफू लगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको साथै नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ ।’  नगरप्रमुख ढकालले भन्नुभयो ।

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै महिला सशक्तिकरण र युवा जागरणको क्षेत्रमासमेत कार्य गर्ने ईच्छा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया