कोठामा मृत भेटिए शिक्षक

 भदौ २, २०७५ शनिबार १९:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई मृत फेला परेका छन् ।

बुढीगंगा गाउँपालिका–७, मोरङ ठेगाना भएका शिक्षक भट्टराई शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् । गएको ७ वर्षदेखि दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टराईको मृत्युको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।

भट्टराईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया