प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेको आरोपमा पक्राउ परेका ६ युवक रिहा

 भदौ २, २०७५ शनिबार १९:४५:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन तयारीमा रहेको बेला पक्राउ परेका ६ जना युवकलाई साढे ४ घण्टापछि प्रहरीले रिहा गरेको छ ।

मुरलीचोक र श्यामचोकबाट प्लेकार्डसहित प्रदर्शनमा रहेको एवं कालो झण्डा देखाएर विरोध गर्ने तयारीमा रहेका मासका संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र संदेश मिश्रलाई प्रहरीले ११ बजे पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले साढे ३ बजे रिहा गरको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै जनकपुर विमानस्थलबाट प्रदेशसभा जाने क्रममा प्रधानमन्त्री ओलीलाई ती युवकहरुले कालो झण्डा देखाउने तयारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया