निक र प्रियंकाको इन्गेजमेन्ट सम्पन्न, हेर्नुहोस भेन्युदेखि मेन्युसम्म

 भदौ २, २०७५ शनिबार २०:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री प्रियंका चोपडाले प्रेमी निक जोनसका साथ इन्गेजमेन्ट गरेकी छिन् ।

प्रियंकाको मुम्बइस्थित बंगलामा शनिबार हिन्दु रितिरिवाजका साथ इन्गेजमेन्ट भएको हो । अमेरिकी पप गायक निक जोनस उनको परिवारका साथ भारत आएका थिए । शनिबार बिहान नजिकका आफन्त र साथीभाइकाबीच इन्गेजमेन्टको कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको कार्यक्रम भने शनिबार राति राखिएको छ । इन्गेजमेन्ट समारोहमा प्रियंका र निकका साथै उनीहरुका परिवारजन निकै खुशी देखिएका थिए । शनिबार प्रियंकाको घर अगाडि फ्यानहरुको घुइँचो लागेको थियो । प्रियंका र निकलाई शुभकामना दिनका लागि फ्यानहरु कुरेर बसेका थिए ।

इन्गेजमेन्ट हुनु अघि विशेष पूजा

इन्गेजमेन्ट हुनुभन्दा अगाडि प्रियंका चोपडाकी आमा मुधु चोपडाले उनको घरमा विशेष पूजा गराएकी थिइन ।

यो पूजा मंगल कामना तथा सुख शान्तिका लागि गरिएको थियो । पूजामा निक र प्रियंकाका साथै निकका आमाबूवा पनि सहभागी भएका थिए । 

यस्तो पहिरनमा सजिनेछन निक र प्रियंका

भारतीय सञ्चार माध्यमका अनुसार प्रियंका र उनकी आमा मधु चोपडा भारतका चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेको पहिरनमा सजिनेछन । शनिबार बिहान भएको इन्गेजमेन्ट कार्यक्रममा निक र प्रियंका भारतीय परम्पारिक पहिरनमा सजिएका थिए । साथै निकका आमाबुवाले पनि भारतीय पारम्पारिक पहिरन लगाएका थिए ।

शनिबार साँझबाट सुरु हुने पार्टीमा बलिउडका दिग्गज कलाकारदेखि भारतीय व्यापारी घरानाका व्यक्तिहरु उपस्थित हुनेछन । तर यस पार्टीमा सलमान खान, शाहरुख खान, अनुष्का शर्मालगायतका कलाकारहरु भने उपस्थित हुने छैनन् । 

विशेष परिकार 

साँझ आयोजित भव्य पार्टीमा उपस्थित पाहुना तथा निकको परिवारका लागि प्रियंका चोपडाको तर्फबाट विशेष परिकारको व्यवस्था गरिएको छ ।  खानाको मेन्युमा पन्जावी परिकार हुनेछ । जसमा दाल मख्खनी र बटर चिकेन विशेष हुनेछ । 

प्रियंका र निकको इन्गेजमेन्ट पार्टी मुम्बईको जुहुस्थित पाँचतारे होटलमा हुनेछ । जहाँ बलिउडकर्मीदेखि व्यापारी घरानाका व्यक्तिहरुले प्रियंका र निकलाई शुभकामना दिनेछन ।

बलिउडकी स्थापित अभिनेत्री प्रियंका चोपडाले सन् २०१६ देखि हलिउडको यात्रा सुरु गरेकी हुन् । अमेरिकाको चर्चित शो ‘क्वान्टिको’ बाट हलिउड यात्रा सुरु गरेकी प्रियंकालाई यस शोले एकाएक हलिउडमा स्थापित गराइदियो ।

उनी यसै शोका कारण अमेरिकामा रहँदै आएकी छिन् । प्रियंका र निकको भेट २ वर्ष अघि भएको  थियो । त्यही बेलादेखि प्रियंका  र निक एकअर्कालाई डेट गरिरहेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया