दोस्रो वाइड बडी जहाजको व्यवसायिक उडान बैंककबाट

 भदौ ३, २०७५ आइतबार ६:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ‘मकालु’ जहाजले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट  उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले केही दिनभित्रै उडान थाल्ने भएको हो । 

मकालु जहाजको उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा भैसकेकाले अबको दुई, तीन दिनभित्र उडान सुरु हुने निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको यो जहाज गएको साउन १० गते काठमाडौं अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ जहाज गएको असार १४ गते आएको थियो । 

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरिसकेको छ । 
  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया