कलंकीको अण्डरपास खुले पनि निर्माणको काम बाँकी नै

 भदौ ३, २०७५ आइतबार १०:१४:० | उज्यालो सहकर्मी

काठमाडौं – कलंकीमा बनेको अण्डरपासबाट गाडी चल्न थाले पनि निर्माणको काम बाँकी नै रहेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । अण्डरपासको चार लेनमध्ये दुई लेनमा मात्र गाडी चल्न थालेका हुन् । चार लेनमै गाडी चल्न अझै केही दिन लाग्ने भएको छ ।

विस्तार गरिएको कलंकी – कोटेश्वर सडकका अरु ठाउँमा जस्तै अण्डरपासमा पनि ट्राफिक संकेत राख्न बाँकी छ । अबको केही दिनमा सबै काम सक्ने तयारी छ । देशकै पहिलो अण्डरपास शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

अण्डरपास सञ्चालनमा आएपछि कलंकीको जाम केही घटेको छ । अण्डरपास पूर्ण रुपमा सञ्चालनमा आए छि कलंकीमा हुने गरेको गाडी जाम अब ९० प्रतिशतले घट्ने चक्रपथ सुधार आयोजनाको दाबी छ छ । 


चक्रपथमा गुड्ने गाडीलाई अण्डरपासबाट ओहोरदोहोर हुन्छन् । अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सञ्चालनमा आएको हो । 

तस्बिर : विकास लामा

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया