सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

देशको जिम्मेवारीको भारी बोक्न नसक्ने राजनीति बदलिनुपर्छ : कांग्रेस प्रवक्ता

 फागुन १०, २०७७ सोमबार २०:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो ।

सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा बोल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो । 

देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिङ्गो समाज र मानिसहरूको मानसिकता रूपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया