दाङमा ६१ किलो चरेससहित ५ जना पक्राउ

 भदौ ३, २०७५ आइतबार १३:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट ६१ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार १० किलो चरेससहित २ जनालाई र शबिार ५१ किलो चरेससहित ३ जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा शुक्रबार १० किलो चरेस पक्राउ गरेको र सोही आधारमा अनुसन्धान गर्दै जाँदा ठूलो मात्रामा चरेस बरामद भएको हो ।

घटनाबारे विस्तृत जानकारी दिन र बरामद गरेको चरेससहित पक्राउ परेकाहरुलाई आइतबार दिउँसो ३ बजे घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया