जय शम्भुले थप्यो हल, हाउसफुल हुँदै ब्ल्याक

 भदौ ३, २०७५ आइतबार १३:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो शुक्रबार प्रदर्शनमा आएका चार सिनेमामध्ये सिनेमा जय शम्भु र ब्ल्याक, मिष्टर भर्जिनलाई दर्शकको साथ मिलेको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने सिनेमा जय शम्भु र ब्ल्याक कारोबारमा अघि रहेका छन् ।  शुक्रबार औषत कारोबार गरेको ब्ल्याकले शनिबार आक्रामक कारोबार गरेको निर्मँता आश्मा पाण्डेले जानकी दिइन् । शनिबार हाउसफुल भएका कारण आइतबारदेखि सिनेमाले अझै राम्रो पिकअप लिने विश्वास उनले व्यक्त गरिन् ।
देशभरका ८० वटा हलमा यो सिनेमा प्रदर्शनमा आएको छ ।

सिनेमा ब्ल्याकमार्फत पहिलो पटक बोल्ड अवतारमा प्रस्तुत भएकी अभिनेत्री आँचल शर्मा यो सिनेमा हेरेर दर्शकले दिएको प्रतिकृयाले निकै नै खुशी छन् । शर्माले दर्शकले आफूलाई नयाँ अवतारमा रुचाएको देखेर निकै नै खुशी मिलेको बताइन् ।

उता अभिनेता आकाश श्रेष्ठलाई पनि यो सिनेमाको कामले प्रशंसा मिलिरहेको छ । लगातार सकारात्मक भूमिकामा प्रस्तुत भइरहेका कलाकार आयुष रिजाललाई यसमा भिलेन बनेर पनि खुशी मिलेको छ ।

 

भिलेनको भूमिकामा उनलाई दर्शकले रुचाएका छन् । त्यस्तै यही सिनेमासँगै प्रदर्शनमा आएको अर्को सिनेमा ‘जय शम्भु’लाई पनि दर्शकको साथ मिलेको छ । अझ दर्शककै माग र चाहनाका अनुसार सिनेमालाई शनिबार ठूलो पर्दामा सारिएको छ ।

शुक्रबार साना पर्दामा रिलिज गरिएको यस सिनेमालाई शनिबार बिहानैदेखि ठूला पर्दामा सारिएको निर्माता दिनेश शाहीले दाबी गरेका छन् । ‘जय शम्भु’लाई राजधानीका गोपी, गुण, अष्ट, गंगा, कलंकी, बाराहीलगायत हलहरुमा ठूलो स्क्रिन दिइएको हो । 

यस्तै मोफसलमा शनिबारदेखि नै २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपालकाजी कायस्थले जानकारी दिएका छन् । सिंगल थियटरमा जय शम्भुलाई दर्शकले रुचाएका छन् भने  मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलिरहेको छ ।

सिंगल थियटरमा सिनेमाको अकुपेन्सी ८० प्रतिशत  छ भने मल्टिप्लेक्समा ५० प्रतिशत सिनेमाको कारोबार कति भयो त्यसको जानकारी भने मंगलबारसम्म बाहिरिने मिडिया कोअर्डिनेटर समिर बलामीले जानकारी दिए ।

एक्सन लभ स्टोरी जनराको यस सिनेमामाअनुपविक्रमशाही, प्रशान्तताम्रकार र बर्षा शिवाकोटीको मुख्यभूमिकामा छन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेकाहुन् ।

उता सिनेमा मिस्टर भर्जिनलाई पनि दर्शकको औषत साथ मिलेको छ । सिनेमाको सुखद कारोबार र दर्शकको राम्रो प्रतिकृया पाएका कारण सिनेमाका कलाकार र निर्माण पक्ष पनि खुशी देखिएको छ । उता शुक्रबार नै  प्रदर्शनमा आएको सिनेमा ‘बाह्रमासे’को कारोबार भने अन्य सिनेमाको तुलनामा सुस्त देखिएको छ ।

उज्यालाे अनलार्इन र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया