‘ठग्स अफ हिन्दोस्तान’ पछि आमिर खानले हलिउड फिल्ममा काम गर्ने

 भदौ ३, २०७५ आइतबार १३:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

यो वर्षको दीपावलीमा अभिनेता आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ जस्तो बहुप्रतिक्षित फिल्म मार्फत धमाका गर्ने तयारीमा छन् ।

फ्यानहरु निकै उत्साहका साथ उनको यस फिल्मको प्रतीक्षामा छन् । साथै आमिर खान यस फिल्म पछि अर्को कुन प्रोजेक्टमा काम गर्नेछन त भन्ने जिज्ञासा पनि रहेको छ ।

खबरहरुका अनुसार आमिर खानले अब छिट्टै हलिउडको एक फिल्मको रिमेकमा काम गर्ने बताइएको छ  । यस कुराको बारेमा धेरै जानकारी सार्वजनिक नभए पनि आमिर खान प्यारामाउण्ट पिक्चर्सको निर्माणमा बन्ने यस फिल्ममा काम गर्ने तयारीमा छन् ।

आमिर खान गुलशन कुमारको बायोपिकका लागि भूषण कुमारकासँग मिलेर निर्माणको काम गरिरहेका छन् । तर उनी यस फिल्ममा कुनै पनि भूमिका निर्वाह गर्नेछैनन् । 

यसका साथै आमिर रजनीश (ओशो) को बायोपिकमा मुख्य भूमिकामा काम गर्ने तयारीमा छन् ।

खबरहरुका अनुसार आमिरले अहिले यस फिल्मको कामलाई रोकिदिएका छन् । उनलार्ई यस फिल्मको स्क्रिप्ट मन नपरेका कारण फिल्म यूनिटलाई फेरी एक पटक स्क्रिप्टमा काम गर्न लगाएका छन् । 

यसका अलावा अहिले आमिर हलिउड फिल्मको रिमेकमा काम गर्ने तयारीमा छन् । तर फिल्मको तयारी पूरा नभएसम्म आमिरले कुनैपनि प्रतिक्रिया नजानाउने बताइएको छ । 

अहिले यस फिल्मको राइट्सका लागि कुराकानी भइरहेको छ । प्यारामाउण्ट पिक्चर्सको निर्माणमा बन्ने यस फिल्मको सम्पूर्ण तयारी पश्चात आमिरले यस फिल्ममा काम गर्नेबारेको घोषणा गर्नेछन् । 

बलिउडका सुपरस्टार आमिर खानले अब हलिउड फिल्ममा समेत कामगर्ने कुरा अहिले बलिउड फिल्म उद्योग र उनका प्रसंशकहरु बिच चर्चाको विषय बनेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया